पाकिस्तान अमेरिकासँग सुपर ओभरमा पराजित

काठमाडाैं | जेठ २५, २०८१

पाकिस्तान अमेरिकासँग सुपर ओभरमा पराजित

काठमाडौं:    आईसीसी टी–२० विश्वकप २०२४ को समूह चरणमा बिहीबार अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा हराएको छ ।


अमेरिकाले पहिलो पटक पाकिस्तानलाई हराएको थियो । पाकिस्तानलाई सुपर ओभरमा खेल जित्न १९ रन आवश्यक थियो। सौरभ नेत्रवालकरले १३ रन खर्चिदै अमेरिकाको ऐतिहासिक जित पक्का गराए । सुपर ओभरमा पाकिस्तानका मोहम्मद आमिरले १८ रन खर्चिए थिए ।


१ सय ६० रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५९ रन बनायो । अन्तिम ओभरमा अमेरिकालाई जितको लागि ६ बलमा १५ रन चाहिँदा हरिस रौफले १४ रन खर्चिदै खेल बराबर गराएका थिए ।


अमेरिकाका जितमा कप्तान मोनांक पटेलले ३८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५० रन बनाए । ओपनर स्टिभ टेलर १६ बलमा १ चौकासहित १२ रनमा आउट भएका थिए । त्यसपछि दोस्रो विकेटका लागि मोनांक र एन्ड्रिस गौसले ४८ बलमा ६८ रनको साझेदारी गर्दै जितको आधार तय गरे ।


गौस २६ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा आउट भए । आरोन जोन्स २६ बलमा २ चौका र २ छक्कासहित ३६ र नितेश कुमारले १४ रन बनाए । पाकिस्तानका मोहम्मद आमिर, नसिम साह र हरिस रौफले १–१ विकेट लिए ।


त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो ।


कप्तान बाबर आजमले ४३ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४४ बनाए । स्पिन अलराउण्डर सादब खानले २५ बलमा १ चौका र ३ छक्कासहित ४० बनाएपनि जित्नलाई पर्याप्त हुन सकेन ।


शाहिन शाह अफ्रिदीले १६ बलमा १ चौका र २ छक्कासहित २३ रनमा नट आउट रहे । इफ्तिखर अहमद १४ बलमा ३ चौकासहित १८, हरिस रौफले ३, मोहम्मद रिजवान ९, उस्मान खान ३ र फखार जमान ११ रनमा आउट भए ।


अमेरिकाका नोष्थुश केजिंगेले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । सौरभ नेत्रवालकरले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । अली खान र जसदीप सिंहको नाममा १–१ विकेट रह्यो ।

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारका प्रयासलाई  प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ ।   अख्तियार द...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा प्रिक्वाटरफाइनलका खेल सकिएका छन् ।   बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्र...

थप पढ्नुहोस्

नवलपरासी:   जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कार्यक्रममा निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न सचेत गराएको छ। ...

थप पढ्नुहोस्